Logo
१५ वैशाख २०८१, शनिबार

मिटरब्याजीको ताडनाबाट उन्मुक्तिको याचना गर्नेलाई खुलामञ्च प्रवेशमै रोक

अक्षरपाटी
२०७९ चैत्र १३ , सोमबार ०८:०३ मा प्रकाशित

काठमाडौं । धन, सम्पत्ति मात्र होइन, शरीर, स्वाभिमान र इज्जतमाथि पनि मटिरब्याजीको फन्दामा परेपछि आजित भएका नागरिक महोत्तरीको बर्दिबासबाट पैदलै काठमाडौं आए।

चैत २ गते हिँडेका उनीहरु करिब साढे तीन सय मिलोमिटर पैदलै छिचोल्दै आइतबार काठमाडौं आइपुगे। १२ दिनको पैदलमार्चपछि आइपुगेका उनीहरुको उद्द्श्य सरकारले सुनिदेओस भन्ने हो। सरकारले आफूमाथिको शोषण र अन्याय नदेकोभन्दै लालाबाला, स्कुलेविद्यार्थी, महिलासहित काठमाडौ आएका उनीहरु सोमबार खुलामञ्च छिर्न खोजे।

माग सुनिदेला भनेर आए पनि राज्य प्रशासनले भने उनीहरुलाई खुलामञ्च छिर्नै दिएन। जसको विरोध स्वरुप पनि उनीहरुले बाहिरै उभिएर नाराबाजी गर्नुपर्यो। धकेलाधकेल गर्नुपर्यो ।

काठमाण्डौ महानगरपालिकाले रोकेपछि दुधेबालकदेखि महिला, वृद्धाहरुले खुलामञ्चको गेटमै नाराबाजी गरे। प्रदर्शनमा सहभागी अधिकांश पीडितहरू बर्दिबासदेखि १२ दिनको पैदल यात्रापछि काठमाडौं आइपुगेका हुन्।

स्थानीय निकाय, प्रहरी, स्थानीय प्रशासनबाट न्याय नपाएपछि घरबारविहीन हुने अवस्थामा पुगेका उनीहरु यतिबेला राजधानीका गल्लीमा न्यायको पुकारा गरिरहेका छन्।