Logo
१६ चैत्र २०८०, शुक्रबार

बैठक पुन: २ बजे बस्ने, सबैले नाम दिए आजै सपथ

अक्षरपाटी
२०७९ चैत्र १६ , बिहीबार १०:०३ मा प्रकाशित

काठमाडौँ । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन २ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठक पुनः २ बजे बस्ने गरी सकिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह समेत गरेका छन् ।

सरकारमा सहभागी हुने पार्टीहरूले आन्तरिक छलफल गरेर नाम दिए बिहीबार साँझ मन्त्रीहरूको शपथ गर्ने तयारी रहेको छ ।

‘पार्टीहरूलाई संस्थागत निर्णय गरेर छिटो नाम दिन भनिएको छ । सबै पार्टीले नाम दिनुभयो भने आज बेलुका शपथ ग्रहण हुन्छ’, जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘सङ्ख्यामा सहमति भए पनि कुन कुन मन्त्रालय भन्ने टुङ्गिएको छैन ।’

यसअघि हिजोको बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।