Logo
१६ चैत्र २०८०, शुक्रबार

एसईईमा नक्कली परीक्षारर्थी खटाउने नगरप्रमुखविरुद्ध पक्राउ पूर्जी

अक्षरपाटी
२०७९ चैत्र २४ , शुक्रबार ०४:०४ मा प्रकाशित

रौतहट। रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध प्रक्राउ पूर्जी जारी गरिएको छ।

जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। एसईईमा आफ्नो सट्टा नक्कली परीक्षार्थी खटाएको आरोपमा उनीविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको हो। उनीमाथि एक परीक्षार्थीको हैसियतमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कानुको सट्टामा एसईई दिँइरहेका गरुडा नगरपालिका पोठियाहीका कमल साह आइतबार पक्राउ परेका थिए। मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावी केन्द्रमा नियमिततर्फका परीक्षार्थी साहले आफ्नो सट्टामा कमललाई परीक्षा दिन लगाएको खुलेको हो।

पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाँचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन्।

परीक्षा संचालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन्।