Logo
१५ पुस २०८१, सोमबार

माग पुरा नभए सांसदहरुलाई ढ्याङ्ग्रो ठोक्दै लखेट्छौँः महावीर पुन

अक्षरपाटी
२०८० वैशाख १६ , शनिबार ०२:०४ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा वैज्ञानिक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने बताएका छन्।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै हिजोबाट आन्दोलन सुरु गरेका उनले नेताहले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन्।

उनले सांसदहरुले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो? भन्ने प्रश्न गरे।

उनले सांसदहरुले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए। अरु हेर्ने विभाग भएपनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।

पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरु पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको बताए।

उनले आफूले यो आन्दोलन मनलाग्दी रुपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने प्रतिवद्धता जनाएको बताए।

महावीर पुन