Logo
१४ वैशाख २०८१, शुक्रबार

जाली परदेशी बजारमा

अक्षरपाटी
२०८० वैशाख १७ , आईतबार ०३:०४ मा प्रकाशित

काठमाडौं। गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ सार्वजनिक भएको छ।

आलिफ खान र रचना रिमालको स्वर, राजेन्द्र बजगाईंको संगीत एवम् संगीत संयोजन, मनोज परियारको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

केशवराज भट्टको निर्देशन, कोरियोग्राफी रहेको गीतको भिडियोमा नवराज न्यौपाने, गरिमा शर्मा र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ।

यस्तै भिडियोमा बाल कलाकारमा निवसोन र रिवसोन न्यौपानेको अभिनय छ। लोकलयको सार्वजनिक गीतमा परदेश रहेको प्रेमी र स्वदेशमा रहेकी प्रेमीको कथा बुनिएको छ।

निशा न्यौपानेले निर्माण गर्नुभएको भिडियोमा मानकृष्ण महर्जनको छायांकन र वन्दे प्रसादको सम्पादन छ। गीतको भिडियोमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

गीत