Logo
१५ चैत्र २०८०, बिहीबार

‘हुक्का’को ट्रेलर सार्वजनिक

अक्षरपाटी
२०८० वैशाख १९ , मंगलबार ०२:०५ मा प्रकाशित

कठमाडौं। आगामी जेठ १२ गते रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को ट्रेलर सार्वजनिक भएको छ।

स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ।

सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारलाई स्थान दिइएको छ।

ट्रेलरमा कलाकार प्रकाशको हुक्का प्रेम देखाइएको छ। यस्तै, आफ्ना पूर्खाको धाक लगाएर बसेका सन्तोषकुमारले पोखरा गएर पैसा उठाउने कुरा सुनाउँदा प्रमिलाले गहना बेच्न दिएको दृश्य मर्मस्पर्शी छ।

पोखरा पुगेपछि सन्तोषकुमारको जीवनमा आएको उतारचढावलाई ट्रेलरमा देखाइएको छ।

प्रमिलाका दाजुसँग प्रमिलाको अंशका विषयमा भएको झगडा साथै श्रीमानले शंका गरेर घर भित्र छिर्न नदिएर श्रीमतीलाई लिन खोजिएको अग्नि परीक्षा लगाएतका दृश्यले पनि फिल्मले पारिवारिक विषयलाई उठान गरेको प्रष्ट बुझ्न सकिन्छ।

फिल्ममा प्रमिला, सन्तोषकुमार, तेज, अंशु, तलिशा, एलिशासँगै प्रकाश घिमिरे, निश्चल विमल, अर्जुन गोदार, कुमार गुरुङ्ग र बाल कालाकार अङ्कित जि सिको पनि अभिनय रहेको छ।

रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशिला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्।

फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।