Logo
१३ वैशाख २०८१, बिहीबार

मन्त्री महतो र राज्यमन्त्री कुमारीले लिए शपथ

अक्षरपाटी
२०८० जेठ १० , बुधबार ११:०५ मा प्रकाशित

काठमाडौं। नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहालबाट राज्यमन्त्री कुमारीले शपथ लिएका हुन्।

हिजो प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टीका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए।

योसँगै पाँच महिनामा दाहाल नेतृत्वको पन्त्रिपरिषदले पूर्णता पाएको छ। दाहाल नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ।