Logo
१५ वैशाख २०८१, शनिबार

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसंध्यामा ‘अखण्ड भारत’को बिरोध, नेपालले टिष्टादेखि काँगडाको भूमि सम्झिए के हुन्छ ?

अक्षरपाटी
२०८० जेठ १६ , मंगलबार १०:०५ मा प्रकाशित

काठमाडौं। भोलिदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन्।

उनको भ्रमण तयभएसँगै भारतले सार्वजनिक गरेको एउटा नक्सालाई लिएर यहीबेला नेपालमा बिरोध सुरु भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको नयाँ संसद भवनको भित्तामा राखिएको ‘अखण्ड नेपाल’को नक्शालाई लिएर नेपालमा आपत्ति जनाइएको हो।

एक त भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपतिद्वारा उद्घाटन गर्नुपर्ने भवनको आफै उद्घाटन गरेर ‘राज्याभिषेक’का रुपमा आफूलाई प्रस्तुत गरिएको भन्दै भारतका प्रतिपक्षी दललले बिरोध गरेका थिए।

नयाँ भवनको भित्तामा नेपालको विराटनगर, कपिलबस्तु र लुम्बिनीलाई भारतको नक्सामा समेटेर राखिएको ‘अखण्ड भारत’को नक्शालाई लिएर नेपालमा बिरोध सुरु भएको हो।

भारतीय मिडियाहरुले विगतका महत्वपूर्ण अधिराज्य तथा सहरहरु समेटेर नक्सा राखिएको जनाएका छन्।

भातरको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)को मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले अखण्ड भारतको विषय उठाउँदै आएको छ। जसमा हालको अफगानिस्तानदेखि दक्षिण पूर्व एशियाको थाइल्याण्डसम्मको भूभागलाई समेट्ने भन्दै आएको छ।

भारतका संसदीय मामिला मन्त्री प्रल्हाद जोशीले अखण्ड भारत अंकित मरालको फोटो राख्दै ुदृढता स्पष्ट छः अखण्ड भारतु भन्दै ट्वीट गरका छन्।

लोकसभामा बीजेपीका सांसद मनोज कोडाकले ‘अखण्ड भारत’ले शक्तिशाली र आत्मनिर्भर भारत भन्दै ट्वीट गरेका छन्।

यो विषयले नेपाल र भारतबी कूटनीतिक तनाव ल्याउने नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्।

उनले मंगलबार आफ्नो सामाजिक संजाल ट्टीटमा लेख्दै नयाँ नक्साले भारतले नेपाललगायत छिमेकीहरुसँगको सम्बन्धमा थप अविश्वास ल्याउने धारणा लेखेका छन्।

ईतिहासको भूभागलाई सम्झेर भारतले ल्याएको ‘अखण्ड भारत’को नक्साले आम नेपालीमा असन्तुष्टि मात्रै पैदा भएको छैन, अब नेपालले पहिलाको भूमि पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्मको नक्शा सार्वजनिक गर्ने कि नगर्ने ? भनेर आवाज उठ्न थालेको छ।

अखण्ड भारत ग्रेटर नेपाल