Logo
१६ चैत्र २०८०, शुक्रबार

रेशमलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

अक्षरपाटी
२०८० जेठ १६ , मंगलबार ०८:०५ मा प्रकाशित

काठमाडौं। कैलालीको टीकापुर घटनामा दोषी सावित भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सो घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशब बोहराकी श्रीमती शारदाले सर्वोच्चमा रिट दायर गरेकी हुन्। सो मुद्दाको पेशी बुधकारका लागि तोकिएको छ।

कैलालीको टीकापुरमा ८ प्रहरीसहित एक बालकको ज्यान जाने गरी भएको नरसंहारको घटनाको मुख्य दोषीका रुपमा रेशमले जेल जीवन विताइरहेका थिए। तर सरकारको सिफारिसमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएका हुन्।