Logo
६ चैत्र २०८०, मंगलबार

कांग्रेस महामन्त्री थापा भन्छन् : नेतृत्वले गल्ती गर्दै जाने हामीले समर्थन गरिरहने हुँदैन

अक्षरपाटी
२०८० जेठ २२ , सोमबार १०:०६ मा प्रकाशित

काठमाडौं। कांग्रेस महामन्त्री गगन थापाले नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन्।

उनले नेतृत्वको गलत निर्णका विरुद्ध आवाज उठाउन सक्नुपर्ने बताए। दाङको लमहीमा कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले गाली गरेर कांग्रेस अग्लो नहुने तर नेताले गरेका गल्तीमा ताली बजाउने हो भने पनि पार्टी नबन्ने बताए।

उनले अब पनि प्रश्न गर्ने होइन भने पार्टीको अहितमा हुने निर्णय रोक्न नसकिने बताए। उनले त्यसलाई रोकेर पार्टीलाई ठिक ठाउँमा उभ्याउन प्रश्न गर्नसक्नुपर्ने धारणा राखे।

थापाले गल्ती भएको बेला औल्याउन सकेन भने पार्टीलार्य पनि ठिक ठाउँमा उभ्याउन नसकिने बताए। उनले हिजोकै चालढाल, हिजोकै चरित्रले अगाडि बढ्यो भने ठूलो पश्चातापको अवस्था आउने ठोकुवा गरे।