Logo
१५ वैशाख २०८१, शनिबार

खप्तडको विकासका लागि विकास कोष स्थापना गरिने प्रधानमन्त्रीको भनाइ

अक्षरपाटी
२०८० जेठ २३ , मंगलबार ०९:०६ मा प्रकाशित

खप्तड। खप्तडको विकासका लागि खप्तड विकास कोष वा प्रतिष्ठान बनाइने भएको छ।

आजदेखि खप्तडमा सुरु भएको खप्तड आध्यात्मिक सम्मेलनमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ, अछाम, बाजुरा र डोटीको संगमस्थल खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन बनाइ सकेको समेत बताए।

उनले निकै चर्चामा रहे पनि प्रचारप्रसार हुन नसकेको बताउँदै यसको विश्वव्यापी प्रचार गरिने बताए। उनले कार्यक्रममा पुगेका विभिन्न देशका राजदूतहरुतर्फ इंगित गर्दै विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्ने विश्वास व्यक्त गरे।

भारतीय योग गुरु रामदेवले खप्तढ क्षेत्र आध्यात्मिक क्षेत्र भएको र यो प्रकृतिले दिएको गहना भएको बताए। उनले अब यसको संसार भर आध्यात्मिक पर्यटन क्षेत्रको रुपमा प्रचार हुने बताए।

उनले खप्तड विश्वमै भूस्वर्ग भएकाले हरेक मानिसले जिवित हुँदै एकपटक यहाँको भ्रमढा गर्नुपर्ने बताए।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललगायतको उपस्थिति थियो। सम्मेलन जेठ २५ सम्म चल्नेछ।