Logo
८ असोज २०८०, सोमबार

सफा हिमाल अभियानमा संलग्न ५२ जनालाई सूर्य नेपालको सम्मान

अक्षरपाटी
२०८० जेठ २६ , शुक्रबार ०९:०६ मा प्रकाशित

काठमाडौं। नेपाली सेनाको नेतृत्वमा केही दिनअघि सम्पन्न सफा हिमाल अभियानमा संलग्न नेपाली सेनाका सदस्य, शेर्पालगायतलाई सूर्य नेपाल प्रालीले सम्मान गरेको छ।

गत चैत्रमा सुरु भएर जेठमा सम्पन्न भएको यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्‍चे हिमालको सरसफाई भएको थियो।

विभिन्न हिमालबाट ३५ टन फोहोर संकलन गरिएको यस अभियानको विभिन्न संस्थासँगै सूर्य नेपाल प्राली मुख्य साझेदार संस्था हो।

बिहीबार एक सम्मान कार्यक्रम आयोजना गरि सूर्य नेपाल प्रालीले सफा हिमाल अभियानमा प्रतक्ष्य योगदान पुर्याउने ५२ जनालाई विशेस सम्मान गरेको हो।

कार्यक्रममा सूर्य नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका दुईजना शेर्पा सहयोगीका परिवारलाई एक, एक लाख नगदसहित सम्मान गरेको छ।

कार्यक्रममा सफा हिमाल अभियानमा निधन भएका २ शेर्पा सहयोगीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

अभियानका क्रममा घाइते भई उपचाररत नेपाली सेनाका ४ जना अधिकृत र जवानहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो।

सम्मान कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले सफा हिमाल अभियानमा निजी क्षेत्रबाट मुख्य योगदानकर्ताको रुपमा सहयोग पुर्याएकोमा सूर्य नेपाल प्रालीलाई धन्यावाद दिए।

कार्यक्रममा सूर्य नेपाल प्रालीका प्रवन्ध निर्देशक रविकुमार रायावारमले नेपालको पहिचानका रुपमा रहेको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाल सफा गर्ने जस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली सेनासँग सहकार्य गर्न पाएकोमा प्रालीले गौरव महसुस गरेको बताए।

सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट रवि केसीले सूर्य नेपालले आफ्नो व्यावसायिक सामाजिक उत्तर दायित्व निर्वाह गर्ने कार्यलाई सँधै महत्व दिने गरेको र सफा हिमाल अभियानमा गरिएको सहयोग पनि त्यसैको निरन्तरता भएको बताए।

सफा हिमाल अभियान सूर्य नेपाल