Logo
२३ असार २०८३, मंगलबार

साहित्यकार योञ्जनको ‘आगमन’ सार्वजनिक

अक्षरपाटी
२०८० जेठ २६ , शुक्रबार ०९:०६ मा प्रकाशित

धरान। कवि, मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह ‘आगमन’ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन भएको छ।

उनीद्वारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो।

साहित्यकारहरु विशाल नाल्बो, सुदिप पाख्रिन , चन्द्र गुरुङ्ग, पराजित पोमु, इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारको उपस्थितिमा संग्रह विमोचन गरिएको हो।

साहित्यकार दिलिप योन्जन तामाङका हालसम्म मान्छेको भीडमा, आस्था खोजिरहेछु, कविता सग्रह गाउँबेसीमा फुलै फुल्यो गीति संग्रह, अनुपम, अमूल्य, अजम्बरी, आफ्नै छाँयाले, अनुराग सिडी, अबिरल, अमर लगायतका सृजना प्रकाशित छन्।

उनले मुक्तकमा नेतृत्वको कारणबाट जनताले भोगेका पीडालाई मार्मिक रुपमा व्यक्त गरिएको छ।

आगमन