Logo
१८ असार २०८३, बिहीबार

रवि लामिछानेविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

अक्षरपाटी
२०८० असार १३ , बुधबार ०५:०६ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले आज निवेदकको दाबी नपुग्ने भन्दै रिट खारेज गरेको हो।

युवराज पौडेलले लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया नमिलेको जनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।

त्यसअघि पौडेलले नै दायर गरेको रिटका आधारमा लामिछानेको सांसद पदको उम्मेदवार बन्न अयोग्य घोषणा गरेको थियो।

त्यतिखेर उनको सांसद, मन्त्री र पार्टी सभापतिको पद गुमेको थियो। अदालतको आदेशपछि उनले नागरिकता पुनः प्राप्त गरेका थिए।

गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा उनी चितवन २ बाट पुनः सांसद निर्वाचित भएका थिए।

उनीविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट भने सर्वोच्चमा अझै विचाराधनीन छ।