
काठमाडौं १४ असार। गाउँ गाउँको सिंहदरबार भनिएका देशका १ सय ४० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन्।
सात सय ५३ स्थानीय तहमध्ये एक सय ४० तह हाकिम विहीन भएका हुन्। जनताको घरदैलोको सरकारका रुपमा लिइने स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा जनताले पाउनुपर्ने सेवा समेत प्रभावित भएको छ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट समेत ल्याउन सकेका छैनन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ४४ नगरपालिका र ९६ गाउँपालिकाले बजे बजेट ल्याउँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत नगर तथा गाउँसभाको सचिव बन्नु परेको थियो।



