Logo
२४ वैशाख २०८१, सोमबार

ललिता निवाश क्षेत्रका घरटहरा ७ दिनभित्र हटाउन महानगरको निर्देशन

अक्षरपाटी
२०८० असार १७ , आईतबार ०८:०७ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका अस्थीय टहरा ७ दिनभित्र हटाउन निर्देशन दिएको छ।
रोल
आइतबार महानगर प्रहरीको टोली ललिता निवास पुगेर संरचना हटाउन निर्देशन दिएको हो। जग्गा हिनामिनाको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेका बेला नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले जग्गामा रहेका टहरालगायतका संरचना हटाउन निर्देशन दिएको हो।

ललिता निवाश प्रकरणको मुद्दा अदालतमा विचाराधीन भएपनि सरकारी हो भन्ने पक्का भइसकेकाले महानगरले संरक्षणका लागि पहल गरको हो।

ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लगेर हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ।

सोही प्रकरणमा सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धानका क्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार मात्रै सीआईबीले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो।