Logo
२४ वैशाख २०८१, सोमबार

देशका धेरै भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

अक्षरपाटी
२०८० असार १९ , मंगलबार ०८:०७ मा प्रकाशित

काठमाडौं। देशमा हाल मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ।

राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।