Logo
२२ वैशाख २०८१, शनिबार

महिला विश्वकप फुटबलको अन्तिम १६ मा अमेरिका र नेदरल्यान्ड्स

अक्षरपाटी
२०८० साउन १६ , मंगलबार ०३:०८ मा प्रकाशित


काठमाण्डौ,१६साउन। अमेरिका र नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् ।

आज मङ्गलवार फोर्थिस बार स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई ७–० गोलले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो । नेदरल्यान्ड्सको जितमा इस्मी ब्रुट्स र जिल रुर्डले २ तथा लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले १ गोल गरिन् । नेदरल्यान्ड्स ७ अङ्कका साथ समूह (ई) को शीर्ष स्थानमा रहन सफल भयो । भियतनाम कुनै पनि खेल जित्न नसकी प्रतियोगिताबाट बाहिरियो ।

आजै यसै समूहको अर्को खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै अमेरिका पनि अन्तिम १६ मा पुगेको छ । पोर्चुगललाई नकआउट चरणमा जानका लागि आजको खेल जित्नैपर्ने दबाब थियो तर बराबरीमा रोकिएर समूह चरणबाटै बाहिरिएको छ । अमेरिका ५ अङ्कसहित दोस्रो स्थानमा रहँदा अन्तिम १६ मा पुग्दा पोर्चुगल ४ अङ्कसहित बाहिरियो

महिला विश्वकपमा आजै बेलुका पौने ५ बजे समूह (डी)का चीन र इङ्ग्ल्यान्ड तथा हैटी र डेनमार्कबीच खेल हुँदैछ । यो समूहमा इङ्ग्ल्यान्ड ६ अङ्कसहित शीर्ष र समान तीन अङ्क भएका डेनमार्क तथा चीन दोस्रो र तेस्रो स्थानमा छन् । इङ्ग्ल्यान्ड अन्तिम १६ मा पुगिसकेको छ । चीनलाई अन्तिम १६ मा पुग्न जितसँगै डेनमार्क र हैटीको नतिजा पनि कुनुपर्नेछ ।