Logo
१५ वैशाख २०८१, शनिबार

कथाकार परशु प्रधानको निधन

अक्षरपाटी
२०८० चैत्र ६ , मंगलबार १२:०३ मा प्रकाशित

काठमाण्डौ,६ चैत । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति आफ्नै निवास काठमाण्डौमा निधन भएको छोरा प्रतीक प्रधानले जानकारी दिनुभयो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंदैछ ।

स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गर्नुभएको थियो । उहाँका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’ कथा सङ्ग्रह प्रकाशित छन् ।

उहाँले २०३१ सालमा रत्नश्री स्वर्ण पदक पुरस्कार पाउनुभएको थियो । विक्रम संवत २००० सालमा भोजपुरमा जन्मिएका उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।