Logo
१५ वैशाख २०८१, शनिबार

राष्ट्रिय योजना आयोगमा चारजना नियुक्त, चुडामणि पौडेल सचिवमा बढुवा

अक्षरपाटी
२०८० चैत्र ८ , बिहीबार ०१:०३ मा प्रकाशित

काठमाडौं,८ चैत । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चारजनालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरूलाई नियुक्त गरेको हो।

मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले काठमाडौंकी प्रा.संगीता सिंह,जुम्लाका डा. कुशरेन्द्र बहादुर महत,ललितपुरका डा.अरनिको पाण्डे र पाल्पाका प्रा.शिवराज अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएको जानकारी गराइन्।

यसैगरी बैठकले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कीत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणी पौडेललाई बढुवा गरेको छ।