Logo
८ साउन २०८१, मंगलबार

कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि सुनिल खड्कालाई

अक्षरपाटी
२०८१ असार १६ , आईतबार १०:०६ मा प्रकाशित


काठमाण्डौ,१६ असार । प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन्। शनिबार भएको अन्तिम प्रतिस्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का ‘च्याम्पियन’ बनेका हुन्।

विजेता घोषित भएसँगै उनले नगद २५ लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरेका छन्। प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) भएका छन्।

प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए।