Logo
२ कात्तिक २०८१, शुक्रबार

तोलामा २४ सयले घट्यो सुन

अक्षरपाटी
२०८१ साउन १० , बिहीबार १२:०७ मा प्रकाशित

काठमाडौँ,१० साउन । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा २४ सयले घटेको हो ।

छापावाल सुन तोलाको १ लाख ४५ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुन तोलाको १ लाख ४३ हजार तीन सयमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन एक लाख ४७ हजार ४ सयमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १ हजार ७५० मा कारोबार भइरहेको छ ।