Logo
८ पुस २०८१, सोमबार

तोलामा १८०० रुपैयाँ बढ्यो सुनको मुल्य

अक्षरपाटी
२०८१ साउन १६ , बुधबार ११:०७ मा प्रकाशित

काठमाडौं,१६ साउन । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन बुधबार भने तोलामा १८०० रुपैयाँ बढेको हो।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यस दिन चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।