Logo
१ असार २०८२, आईतबार

तोलामा १ हजार ७०० ले बढ्यो सुन

अक्षरपाटी
२०८२ वैशाख २४ , बुधबार ११:०५ मा प्रकाशित

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु १ हजार ७०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु १ लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु १ हजार ९६५ मा बेचबिखन भइरहेको छ ।

मङ्गलबार प्रतितोला सुन रु १ लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु १ हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सुनचाँदी
यो पनि हेर्नुहोस् : आज तोलामा २९ सयले बढ्यो सुन