Logo
२२ वैशाख २०८३, मंगलबार

कांग्रेस संस्थापन र विशेष महाधिवेशन पक्षधर बीच बालुवाटारमा वार्ता

अक्षरपाटी
२०८२ पुस २९ , मंगलबार ०९:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता भइरहेको छ ।

विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोली संस्थापन पक्षसँग वार्तामा छ।

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् ।

सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल वार्तामा रहेको बुझिएको छ।

वार्ताका कारण कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ११ बजेबाट दिउँसो १ बजेका लागि सारिएको छ।

नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )