Logo
२१ फागुन २०८२, बिहीबार

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो

अक्षरपाटी
२०८२ फागुन ११ , सोमबार ११:०२ मा प्रकाशित

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन यो भाउ ३ लाख १० हजार ३ सय रुपैयाँ थियो।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च, ३ लाख ३९ हजार रुपैयाँ प्रतितोला पुगेको थियो।

चाँदीको भाउ पनि बढेको छ। सोमबार चाँदी प्रतितोला १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको भाउ ५ हजार ४२५ रुपैयाँ थियो। माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँसम्म पुगेको रेकर्ड छ।

सुनचाँदी

ट्रेन्डिङ ( साप्ताहिक )