Logo
३२ असार २०८३, बिहीबार

नेकपा पहिलो दल बन्छ : संयोजक दाहाल

अक्षरपाटी
२०८२ फागुन १३ , बुधबार ०८:०२ मा प्रकाशित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो हुने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज वाम बुद्धिजीवीसँगको छलफलमा उहाँले ६५ देखि ७० सिटसम्म प्रत्यक्षमै निर्वाचित हुने एक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको बताएका हुन्।

निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढी मेहनत गरेमा नतिजा झनै राम्रो आउनसक्ने सम्भावना रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले पार्टीका चुनावी कार्यक्रम जनतालाई बुझाउन जरुरी रहेको उल्लेख गरे।

पार्टीका पक्षमा जनमत सिर्जना गर्न बुद्धिजीवीहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले प्रतिबद्धतापत्र हरेक वडामा पुर्‍याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘अब निष्पक्ष निर्वाचन हुने हो भने परिणाम राम्रै हुने देखिन्छ।’

ट्रेन्डिङ ( साप्ताहिक )