Logo
२१ भदौ २०८३, आईतबार

पूर्वि नेपालमा ४.७ म्याग्निच्युडको भूकम्प

अक्षरपाटी
२०८२ फागुन १५ , शुक्रबार ०९:०२ मा प्रकाशित

काठमाडौँ । पूर्वि नेपालको संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

आज बिहान ३ बजेर १८ मिनेटमा गएको सो भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको थियो। अधिकांश मानिस सुतिरहेका बेला बिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी आत्तिँदै घरबाहिर निस्किएका थिए।

प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन।

यसअघि पनि पूर्वि नेपालमा पटक पटक भूकम्पको धक्का महसुस गरिएको थियो।

पूर्वि नेपाल भूक्पम