Logo
२२ जेठ २०८३, शुक्रबार

सुन तोलामा ५ हजार ६०० रुपैयाँले उकालो

अक्षरपाटी
२०८२ फागुन १७ , आईतबार ११:०३ मा प्रकाशित

काठमाडौं । खाडी क्षेत्रमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपाली सुनचाँदी बजारमा देखिएको छ। संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरान माथि संयुक्त हमला गरेपछि इरानले प्रतिउत्तरस्वरूप आठ खाडी मुलुकमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जारी दोहोरो तनावका कारण विश्व बजारमा सुनचाँदीको मूल्य उकालो लाग्दा त्यसको असर नेपाली बजारमा पनि परेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आइतबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २४५ रुपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो शुक्रबार चाँदी प्रतितोला ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरतासँगै सुरक्षित लगानीका रूपमा सुनमा माग बढ्दा मूल्यमा तीव्र उतारचढाव देखिएको विश्लेषकहरूको भनाइ छ।

सुनचाँदी

ट्रेन्डिङ ( साप्ताहिक )