

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ११ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले २० फागुनका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ। यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड रहेको छ।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा २७५ रुपैयाँले घटेको छ। अघिल्लो दिन ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ५४० रुपैयाँमा झरेको छ।
सुनचाँदी



