Logo
८ वैशाख २०८३, मंगलबार

एकैदिन तोलामा ५ हजार ४ सय घट्यो सुनको भाउ

अक्षरपाटी
२०८२ चैत्र ५ , बिहीबार ११:०३ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहीबार एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन भने सुन ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

केही साता यता निरन्तर घट्दो क्रममा रहेको सुनको भाउ गत माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी बिहीबार १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। चाँदी पनि माघ १५ गते ७ हजार ५०५ रुपैयाँको उच्च विन्दुमा पुगेको थियो।

सुनचाँदी