Logo
२४ साउन २०८३, आईतबार

कैलालीका एक जना जबरजस्ती करणी अभियोगमा पक्राउ

अक्षरपाटी
२०८२ चैत्र २७ , शुक्रबार ०७:०४ मा प्रकाशित

धनगढी । कैलालीका एक जना जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको कैलारी गाउँपालिका–३ हसुलिया बस्ने २३ वर्षीय सनि चौधरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। 

चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ
यो पनि हेर्नुहोस् : पत्रकार खेम भण्डारी पक्राउ