


कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट भण्डारीलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार अदालतबाट भएको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दामा जिल्ला अदालतले २०८२ साल चैतमा १ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलाउपर भएको पुनरावेदनपछि उच्च अदालतले थप ७ दिन कैद र २ हजार रुपैयाँ जरिवाना हुने निर्णय गरेको प्रहरीको भनाइ छ।
सोही अदालतको अन्तिम फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ

