



प्युठान। स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा एक बालकको निधन भएको छ।
भारतीय तीर्थयात्री सवार जिप प्युठानको स्वर्गद्वारी नगरपालिका ४ टाकुरामा दुर्घटनामा परेको हो।
लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ। दुर्घटनामा एक बालकको निधन भए पनि उनको परिचय खुलेको छैन।
सो दुर्घटनामा २१ जना घाइते भएको प्रहीले जनाएको छ। जसमा ५ बालबालिका छन्। तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
दुर्घटना



