Logo
१५ भदौ २०८३, सोमबार

ऊर्जामन्त्री श्रेष्ठ सुरुङमार्गमा फसेका कमर्चारीका परिवारसँग भेट्दै

अक्षरपाटी
२०८३ भदौ १५ , सोमबार ०९:०८ मा प्रकाशित

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन्।

मन्त्री श्रेष्ठ आज नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्नेछन्। मन्त्रीको सचिवालयकाअनुसार स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन्। वत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन उपायबारे छलफल हुनेछ। मन्त्री श्रेष्ठ त्रिशुलीको बट्टारस्थित क्याम्पमा जानेछन्।

त्यहाँबाट उनी हेलिकप्टरमार्फत रसुवा जानेछन् । त्यहाँ उनले जलविद्युत् आयोजनाको सुरुङमार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस्था र कठिनाइ, क्षतिको विवरणबारे जानकारी सचिवालयले जनाएको छ।

त्यहाँबाट फर्केर उनी नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्नेछन्। शिविरमा उनले उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन्।

नुवाकोटमै मन्त्री श्रेष्ठले सुरुङमार्गमा फसेका कमर्चारीहरुको परिवारसँग पनि भेट्ने कार्यक्रम छ।

नुवाकोटमा मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको टिमसँग छलफल तथा आवश्यक सहजीकरण र निर्देशन दिने मन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री विराज भक्त श्रेष्ठ

ट्रेन्डिङ ( साप्ताहिक )