



काठमाडौं । भारत भ्रमणमा रहेका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।
बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुई अर्थमन्त्रीबीच भेटवार्ता भएको हो।
भेटमा नेपाल र भारतका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको थियो।
भेटवार्ताका क्रममा दुई देशबीचको आर्थिक सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ।
अर्थमन्त्री वाग्लेले भारत भ्रमणका क्रममा भारतीय समकक्षी सीतारमणसँग भेटवार्ताका हरेका हुन्।
नेपाल र भारतबीच आर्थिक तथा वित्तीय क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ।
भेटवार्ताले दुई देशबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन तथा आपसी सम्बन्धका विषयमा संवाद गर्ने अवसर प्रदान गरेको जनाइएको छ।
अर्थमन्त्री वाग्ले

