Logo
११ पुस २०८१, बिहीबार

म बेहुली झै सिँगारिएकी छु बेहुला बनेर आउनू: ढोरपाटन (फोटो फिचर )

अक्षरपाटी
२०८१ जेठ १२ , शनिबार ०८:०५ मा प्रकाशित

नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन नेपालको चर्चित पर्यटकीय स्थल मध्ये एक हो ।

प्राकृतिक सुन्दरताले बेहुली झै सिँगारिएको ढोरपाटनले जो कोहिको मन लोभ्याउने गरेको छ । यहाँ बिशेषगरि ढोरबराहको दर्शन, प्राकृतिक सौन्दर्यमा रम्न र सिकारको लागि स्वदेशी तथा बिदेशी पर्यटक आउने गर्छन् । ढोरपाटन नगरपालिका भित्र पर्ने ढोरपाटन सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको छ । पूर्वाधार अभावमै पनि यहाँ पर्यटक भने बाह्रै महिना पुगिरहन्छ्न् ।