Logo
२१ मंसीर २०८२, आईतबार

प्रधानमन्त्रीद्वारा एनपिएलको ट्रफी अनावरण

अक्षरपाटी
२०८१ मंसीर १० , सोमबार ११:११ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन। क्यानका अनुसार सिद्धार्थ बैङ्क एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

नेपाल प्रिमियर लिग मङ्सिर १५ देखी २५ सम्म काठमाडौंमा हुँदै छ।