Logo
२४ जेठ २०८२, शुक्रबार

आज तोलामा २९ सयले बढ्यो सुन

अक्षरपाटी
२०८२ जेठ २१ , मंगलबार ११:०६ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको वृद्धिसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ।

सोमबारको तुलनामा आज (मंगलबार) सुनको मूल्य तोलामा रु दुई हजार नौ सय र चाँदीको मूल्य रु ५५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोला रु १ लाख ९२ हजार ७०० कायम भएको छ।

यसैगरी, सोही परिमाणको चाँदीको मूल्य प्रति तोला रु २ हजार ४५ निर्धारण भएको छ।

सुनचाँदी