काठमाडौं । युद्धले आक्रान बनेको गाजाका अधिकांस मासिन दैनिक एक छाक पनि खान नपाउने दयनीय अवस्थासँग जुधिरहेका छन्।
गाजाका एक तिहाइ मानिसले दिनको एक छाक पनि खान नपाउने कुरा संयुक्त राष्ट्र सङ्घीय खाद्य योजनाले जनाएको छ।
विश्व स्वास्थ्य कार्यक्रमले जनाए अनुसार ९० हजार महिला तथा बालबालिका अहिले कुपोषणबाट निकै पीडित छन्। उनीहरुको तत्काल उपचार आवस्यक भएको बताउको छ।
कुपोषणबाट यो साता मात्रै एकै दिन नौ जनाको ज्यान गएको थियो। अहिले संसारका धेरै निकायले यस विषयमा चासो देखाएका छन्।
७ अक्टोबर २०२३ यता इजरायलले आक्रमण सुरु गरेपछि गाजामा कुपोषणका कारण ज्यान जानेको सङ्ख्या एक सय २२ पुगेको छ।
इजरायलले भने राहत वितरणमा आफूले अवरोध सिर्जना नगरेको भन्दै कुपोषणको दोष हमासलाई लगाएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि गाजाको मानवीय अवस्थालाई खराब र विनाशको रूपमा वर्णन गरेका छन्।
शुक्रबार एक विज्ञप्तिमार्फत उनले इजरायललाई यस क्षेत्रमा सहायताको अवरोध तुरुन्तै रोक्न आह्वान गरेका छन्।
अल्बानिजले गाजाको अवस्था विश्वको ‘सबैभन्दा’ खराब भएको बताएका हुन् ।
गाजा मानवीय विपत्तिको चपेटामा रहेको अवस्थामा इजरायलले सहयोग गर्न अस्वीकार गरेपनि पानी र खानाको पहुँच खोज्ने बालबालिका लगायत नागरिकहरूको हत्याको रक्षा गर्न वा बेवास्ता गर्न नसकिने उनले बताए ।
संयुक्त अरब इमिरेट्स र जोर्डनले पछिल्लो समय राहत वितरणका लागि प्रयास गरेका छन्। जोर्डनले इजरायलले अनुमति नदिएका कारण राहत वितरण कार्यक्रम सुरु गर्न नसकिएको जनाएको छ।
शुक्रबार जर्मनी, फ्रान्स बेलायतले गाजामा राहत वितरणमा रहेको अवरोध हटाउन आवश्यक रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए।
अष्ट्रेलिया इजरायल गाजा हमास