सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

अक्षरपाटी
२०८२ साउन १४ , बुधबार १०:०७ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ सुनचाँदी