Logo
६ कात्तिक २०८२, बुधबार

ईभी किन्दा एनएमबी बैंकले ५ प्रतिशत स्थिर ब्याज दरमा ऋण दिने

अक्षरपाटी
२०८२ साउन १७ , शनिबार १०:०८ मा प्रकाशित

काठमाडौं । इलेक्ट्रिक भेहिकल (ईभी) किन्दै हुनुहुन्छ भने अब ऋणको ब्याजलाई लिएर चिन्दा नगर्नुपर्ने हुनसक्छ।

एनएमबी बैंकले ईभी गाडी खरिदमा सुहलियतपूर्ण कर्जा उपलब्ध गराउने बताएको छ।

ईभी खरिदकर्तालाई बैंकले पाँच वर्षका लागि स्थिर ब्याजदरमा ऋण उपलब्ध गराउने बताएको हो। यसले ब्याजदर घटबढ हुँदा लगानीकर्ताले ब्यहोर्नुपर्ने उचारचढाबको झन्झट अब नहुने भएको छ।

‘ईभी याता, वातावरणको सुरक्षा’ नारासहित बैंकले ८.८९ प्रतिशतको स्थिर ब्याजदरमा ऋण प्रवाह गराउने बताएको छ। यो ब्याजदर पाँच वर्ष कायम रहने बैंकको प्रतिवद्धता छ।

गत वर्ष विश्व वातावरण दिवसका अवसरमा ‘ग्रिन बैंक अफर इयर २०२४’ पुरस्कारबाट बैंक सम्मानित भएको थियो।

बैंकले ुएनएमबी गो ग्रिन सेभिड. एकाउन्टु सन्चालन गर्दै आएको छ।

ईभी कार एनएमबी बैंक ब्याजदर