Logo
२८ भदौ २०८२, शनिबार

जेलबाट निस्किएका रवि लामिछाने जेलमै फर्किए

अक्षरपाटी
२०८२ भदौ २८ , शनिबार ०८:०९ मा प्रकाशित

काठमाडौं। भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका रवि लामिछाने चार दिनपछि कारागारमै फर्किएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछाने सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा थिए।

अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै आलोचना भएको थियो। उनीविरुद्ध ुकैदी हराएको सूचनाु लगाएतका व्यंग गरिएका थिए।

सामाजिक सञ्जालमा शनिबार एक भिडियो सन्देश जारी गर्दै लामिछानेले आफू आफ्नो जन्मदिनको सन्दर्भ पारेर कारागार फर्किन लागेको बताएका थिए।

‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साँधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ लामिछानेले भनेका छन्।

लामिछानेले आफू प्रक्रिया पूरा गरेर निस्किएको दाबी गर्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गरेका थिए ।

कारागार प्रशासनले लामिछानेले सार्वजनिक गरेको उक्त पत्र फर्जी भन्दै कैदीबन्दीहरुलाई तत्काल फर्किन भनेको थियो।

कारागार रवि लामिछाने