Logo
२७ असोज २०८२, सोमबार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

अक्षरपाटी
२०८२ असोज ६ , सोमबार ११:०९ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि आइतबार सुन तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार चाँदी तोलाको २ हजार ६ सय २० मा कारोबार भएको थियो ।

सुनचाँदी