



काठमाडौं। सँस्थापन पक्षले बलमिच्याइँ गरेर विशेष महाधिवेशनको औचित्य नभएको भनेपनि विशेष महाधिवेशन पक्षधरले तयारी तीव्र पारेका छन्।
एक साता अघि नै काठमाडौंको भृकुटीमण्डपमा हल भाडामा लिइसकेको विशेष महाधिवेशन पक्षधरले हल बुकसँगै शान्ति सुरक्षा कायम गरिदिनका लागि जिल्ला प्रशासन काठामाडौंलाई पत्राचार गरिसकेको छ।
‘आज देशभरका प्रतिनिधिहरुलाई विशेष महाधिवशनका लागि आह्वान गर्दैछौँ,’ दोस्रो विशेष महाधिवेशनको सविचालयमा सक्रिय नेता मनोजमणि आचार्यले अक्षरपाटीसँग भने, ‘आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि आह्वान गर्ने कार्यक्रम छ।’
सचिवालयको तर्फबाट नेता आचार्यले मंगलबार शान्ति सुरक्षाको व्यवस्थाका लागि स्थानीय प्रशासनसमक्ष पत्राचार गरिसकेका छन्।

थप कुरा आज पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन अभियानकर्ता पक्षधरको तर्फबाट प्रतिनिधि सबैलाई आमन्त्रण गरिने उनले जानकारी दिए।
सँस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै अभिव्यक्ति दिएपछि मंगलबार पार्टीका नेता विमलेन्द्र निधिलाई कार्यालय प्रवेशमै अवरोध गरिएको थियो।
गगन थापा नेपाली कांग्रेस मनाेजमणि आचार्य विशेष महाधिवेशन विश्वप्रकाश शर्मा



