



बैतडी । बैतडीको पर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती बोकेर बझाङ फर्किँदै गरेको बस दुर्घटनामा पर्दा ८ जनाको मृत्यु भएको छ भने करिब ४५ जना घाइते भएका छन्।
सुपप्र ०२–००१ ख १११९ नम्बरको बस जन्तीसहित बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गर्दा शुक्रबार राति करिब ८ बजे बढ्गाउँ भन्ने मोडमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ। घाइतेहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।
बस दुर्घटना



