



धनगढी – कञ्चनपुर कारागारमा आपसी विवादका क्रममा चिर्पट प्रहार गरिएपछि एक जना थुनुवा घाइते भएका छन् ।
घाइते हुनेमा वेदकोट नगरपालिका-९ घर भएका गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।
उनकाअनुसार विष्ट लागूऔषध सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन् । कारागारको ब्लक ए मा रहेका विष्टमाथि ब्लक बी मा रहेका लागूऔषध सम्बन्धी मुद्दाकै थुनुवा शुक्लाफाँटा–९ घर भएका भुवन ऐरले चिर्पट प्रहार गरेको डीएसपी शाहीले बताए ।
घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको छ ।
आपसी विवादका क्रममा ऐरले विष्टमाथि चिर्पट प्रहार गरेको भएपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चिर्पट प्रहार



