Logo
६ वैशाख २०८३, आईतबार

एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना हुँदैन : महर

अक्षरपाटी
२०८२ चैत्र १४ , शनिबार ११:०३ मा प्रकाशित

काठमाडौँ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना नगर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले राज्यकानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने टिप्पणी गरेका छन् ।

‘दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दैन,’ महरले फेसबुकमा लेखेका छन्, ‘जनताले केवल प्रतिशोध होइन, विकाससँगै सुशासनको अनुभूति खोजेका छन् । राज्यले कानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने मात्रै हो । चेतना भया !’

अपराधको प्रकृति र गम्भीरताअनुसार प्रचलित कानुनबमोजिम निष्पक्ष र समान रूपमा सजाय सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।

‘भाद्र २३ र २४ गतेका घटनाहरूमा योजनाबद्ध रूपमा घुसपैठ गराई ध्वंस मच्चाउने तत्वहरूको निष्पक्ष छानबिन गरी कारबाही गरिनुपर्छ,’ नेता महरले लेखेका छन् ।

नैनसिंह महर