Logo
२३ कात्तिक २०८३, सोमबार

बेडसंख्याअनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट असुल गर्ने निर्णय

अक्षरपाटी
२०८३ जेठ २६ , मंगलबार ११:०६ मा प्रकाशित

काठमाडाैं। सरकारले बेडसंख्याअनुसार बुझाउनुपर्ने शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहलमा उक्त रकम असुल गर्ने निर्णय गरिएको हो।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको हो।

महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्री मेहताले स्वास्थ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र नियमसम्मत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कानुन र मापदण्ड विपरीत हुने गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताएकी छन्।

मन्त्री निशा मेहता