



o जनकराज जोशी
समयकाे गोरेठोमा
मन्द मन्द
सुगन्धित पवन झैँ,
हाम्रो प्रेमिल यात्रा!
कुनैदिन पुग्नै त हाे नि
गन्तव्य मा…
तर
मन भन्छ,
नसकियाेस याे हाम्रो सफर !
किनकि
कैयौं पटक गन्तव्यभन्दा
सफर नै प्याराे हुन्छ,
सुगन्धले भरिएको,
मगमग बास्नाले छरिएको,
आत्मिय अनुभूतीले पूर्ण…!
एक मिठाे प्रेमिल यात्रा
स्वप्निल गन्तव्य… !!!
तर ?
(कवि: कैलाली अस्पतालका अध्यक्ष हुन्। रचना-२०८१/३/१ सिलगडी)
कविता जनकराज जाेशी


